भारतमा पिकअप दुर्घटना हुदा ७ जना नेपाली मजदुरको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं- भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुदा सात जना नेपाली मजदुरको मृत्यु भएको छ ।

भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन् ।

दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार दुई नेपाली मजदुर गम्भीर घाइते भएका छन् ।

प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको प्रहरीलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ । गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ ।

उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कदै गर्दा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरको नाम र घर भने खुल्न नसकेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया

One thought on “भारतमा पिकअप दुर्घटना हुदा ७ जना नेपाली मजदुरको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *