संघीयता, लोकतन्त्र, गणतन्त्र पहिचान इलाम २ को उपचुनाव- वेदप्रसाद भुर्तेल

No ads found for this position
No ads found for this position

पूर्वि नेपालको ईलाम सुन्दर जिल्ला क्षेत्र नम्बर २, चुनावी माहोल तातेको देखिन्छ र विभिन्न किसिमका मागहरु गुञ्जिएको सुनिन्छ, देखिन्छ ।

विभिन्न किसिमका राजनीतिक दलले आफ्नै बाहिरबाट लादिएका किनेर ल्याइएका विचार, सिद्धान्तहरु राखेर २००७ साल पछाडि बिभिन्न पार्टीको आस्थाको नामका देश सक्नका निम्ति तयार भएका मान्छेहरूको जथा जसलाई पार्टीको नाम दिएर आजसम्म राजनीति गरेर नेपाल देशमा जातजाति, धर्म, भाषाभाषी सबैलाई एकअर्कामा जुधाएर सीमित वर्गहरु मिलेर शासन गरेको देखिन्छ ।

अहिलेको उपचुनाव संघीय लोकतन्त्र हुँदै गणतन्त्रमा गएको मानवताका निम्ति कुनै नीति नियम नै नचाहिने आफ्नै किसिमले आफ्नै तरिकाले मिलेर बसेको समाज, समुदायमा रहेको यो देश नेपाल न त गणतन्त्रै भन्नुपर्छ, न त राजतन्त्रै भन्नपर्छ, नेपालतन्त्र भनेर जसरी आएको थियो नेपाली समुदाय त्यसरी मानवीय विकास गरेर अगाडि बढ्नुपर्ने थियो ।

तर जतिजति नेपालीहरू पढेलेखेको शिक्षित हुँदैगए भनिएको छ त्यति त्यति समाज विकृती, विसङ्गीत भ्रष्टित, तरङ्गित, कुलङ्गित र क्षतविक्षेत हुँदै आज हजुरबा, हजुरआमाबाट टुक्रेर सिङ्गल जोडी श्रीमान, श्रीमती टुक्रिएको अवस्था छ ।

यसरी समाज नासिएको छ करोड युवा बाहिर नेपालमा लोकतन्त्र गणतन्त्रको भोट अनि भोटको संख्यालाई दर गन्ने हो भने जित्नेहरू जहिले अल्पमतमा अनि हार्नेहरुलाई बहुमत भएर पनि भोट हाल्न नपाएको कारण घरमा नभएको कारण थोरैले धेरै शासित हुनुपर्ने त्यसमा पनि आफ्नो ओल्लो गाउँ रामेकाका पल्लो गाउँ लिम्बु दाई तलतिर शेर्पा काका मास्तिर बाहुन अन्तरे अलिक परतिर थारु चाचा यी सबै किसिमका सम्बन्धहरूलाई जातजातमा वर्गवर्गमा थरथरमा देशमामात्र होइन विदेशमा धरी गएर टुक्राएर संगठन बनाएर आफू, आफू जुधाएर बिगारेर हार्नेहरूको भोट र जित्नेहरूको पर्सेन्ट हेर्ने हो भने थोरैभन्दा धेरै पर्सनले राजनीतिक दलको नाममा विभिन्न सामाजिक काम गर्छु भन्ने अभियान र संगठनको नाममा राजालाई मुकुट लाएर भ्याउँछु भन्नेको नाममा भित्रभित्रै समाज साल्काएर थोरै भन्दा थोरै शिक्षा भएर पनि ज्ञानी नभएका राजनीतिक दल तिनका नेताहरु शासन गरेको देश नेपालमा आएको लोकतन्त्र, गणतन्त्रले पक्की घर निर्माण त होला ठुलठुला महल टावर त बन्लान्, फास्ट्याक पनि बन्ला तर संसारमा नेपाल जस्तो देश र यहाँको वातावरण, यहाँको समुदाय यहाँको भाईचारा कंक्रिटले होइन कोमल मन मायाँ अनि भावनाले र भाईचाराको बाटाले मात्रै नेपालको असली विकास, नेपालीहरूको असली मानव सूचाङ्क विकास हुन्छ ।

तर आज ईलाम २ मा विभिन्न किसिमका जातजातिहरु अत्यन्तै मिलेर बसेको समुदाय हो । त्यहाँ विभिन्न किसिमका नारा दिएर चुनावी अभियान चलेकै देखिन्छ । पहिचान कसैको नारा, कसैको गणतन्त्र, कसैको राजतन्त्र, कसैको विभिन्न नारा तर असली नारा ईलामको दीर्घकालीन बिकासको हुनुपर्छ ।
आत्महत्याको दर त्यस्तो सुन्दर ईलाममा किन हाजिर जवाफमा प्रश्न नै भन्ने गरी आउँछ ? के त्यहाँ समुदाय एकअर्काभित्र आत्मसम्मानमा थिचिएको छ, पेलिएको छ, हेपिएको छ । एक्काइसौं शताब्दीमा पनि भोकभोकै, नाङ्गै खाली खुट्टा हिंड्ने मान्छे अहिले पनि छ उनिहरुलाई बहुदल र गणतन्त्र के दियो । कृषिको उद्गम थलो मानिएको ईलाम कृषिजन्य उत्पादनमा जोड दिएर इलामी जनतालाई आत्मनिर्भर हुने अवसरको वातावरण बन्नुपर्ने त्यसो भएको देखिदैन ।

ईलाम जनता सहित हरियाली मनसहित विभिन्न धर्मका गुरुहरू आत्मानन्द फागुनन्द लारुम्बा चुलाचुली समग्र ईलाम झापामा तातेको त्यो शरीरलाई झापामा भाँचिएको मनलाई ईलाममा शरण दिने गरी विकास गर्नुपर्छ । ईलाम भित्र विभिन्न किसिमका सानासाना समस्याहरु छन् यिनै पहिचानको नाममा जातजातिको नाममा धर्मको नाममा पार्टीको नाममा बर्मलुट गर्दै आफ्नो जिन्दगी चलाएकाहरुले जुदाएर आज पनि नेपालभित्र समाज टुक्रिएको अवस्था छ ।

त्यो समाज कसरी जोड्न सकिन्छ त्यो नै आजको लोकतन्त्र, गणतन्त्र भित्रको पहिलो काम हुनुपर्छ । दोस्रो कुरो कम भन्दा कम मान्छेले भोट हालेर धेरैभन्दा धेरै मान्छेलाई शासन गर्न गएको समुदाय पार्टी र व्यक्तिले धेरै समुदायको भावनाको सम्बोधन गर्न नसक्ने हुँदा ईलामको चुनाव पनि भगत खर्चबाहेक केही पनि हुन सक्दैन ।

संविधानमा लोकतन्त्र, गणतन्त्रमा चुनाव अनिवार्य सर्तको रूपमा विश्वमा चलेर आएको छ । तर हाम्रो देशमा यस्ता धेरै सिस्टमहरु पनि थिए ती सिस्टम, ती सिद्धान्त, ती नारा, ती मान्छे चुन्ने अभियान त्यसलाई अनुसरण गर्ने हो भने आज देश विदेशीले राज्यको नियमभित्र बाँधेर २५ तले घरको फेदमा दुई फिटका च्यानहरू मानवता नासिएर ९ देखि १५ वर्षको बच्चाको संसार छोड्ने मन किन भइरहेको छ यो देशमा भन्ने कुरालाई ईलाम दुईका जनताले पक्कै पनि माग गर्नुपर्छ ।

सम्पूर्ण देशभित्रको प्रतिनिधित्व गरेर हाम्रो देश नेपालभित्र साउदी, कतारबाट युवा आउँछ कमाएर बुढी श्रीमती छोराछोरीको भविश्यका लागि तर यहाँ वस्ने वातावरण नदेखे पछि पुनः विदेशीनुको विकल्प उनिहरुमा छैन । लोकतन्त्र, गणतन्त्र पहिचानभित्र तपाईँ पार्टी दल नेताहरुले दिन खोजेको र ईलामका जनताले आज पनि भोट हाल्नुभन्दा अगाडि सारा देशको प्रतिनिधित्व प्रश्नको रुपमा चुनावी अभियानमा आएका नेता गणहरुलाई आआफ्नो हकहित र समस्या राख्ने कि नराख्ने ? ईलाम !

-यो लेखकको निजि बिचार हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *