मटिहानीमा आगलागी बाट ३५ लाखको क्षति

No ads found for this position
No ads found for this position

महोत्तरी- जिल्लाको मटिहानी-८ स्थित एक उद्योगमा गएराति आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

मटिहानीबजारमा सञ्चालित दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाखभन्दा बढीको धनमाल नष्ट भएको हो ।

सोमबार राति १० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आगलागीबाट फर्निचर र उद्योगका कच्चा पदार्थ क्षति भएको छ । आगो मटिहानी नगरपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको सहयोगमा निभाइएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *