नयाँ भवन बनाउन तरुण दलका ५ केन्द्रीय सदस्यले दिए १० लाख

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय कार्यालय निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।

आइतबार काठमाडौंमा अध्यक्ष विद्वान गुरुङलाई ५ जना केन्द्रीय सदस्यहरूले १० लाख ३८ हजार ३ सय २७ रुपैयाँ रकम प्रदान गरेका छन् ।

तरुण दलका केन्द्रीय सदस्यहरू रमेश गौतमले २ लाख ६० हजार १ सय ५, नवीन राईले २ लाख ५५ हजार, सरोजबहादुर शाहीले २ लाख ११ हजार १ सय ११, रत्न महर्जनले २ लाख १ हजार र रिता परियारले १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको तरुणले बताएको छ ।

चैत १५ र १६ गते बसेको नेपाल तरुण दलको केन्द्रीय समितिको बैठकबाट पारित तरुण दलको आफ्नै भवन निर्माण गर्ने सम्बन्धमा उक्त भवन निर्माणमा केन्द्रीय सदस्यहरूले आर्थिक सहयोग गरेको अध्यक्ष गुरुङले बताएका छन् ।

अध्यक्ष गुरुङले आर्थिक सहयोगलाई सह्रानीय कार्यभन्दै धन्यवाद दिएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय