उपनिर्वाचनमा एमालेलाई समर्थन गर्दै जनताको जनवादी पार्टी

No ads found for this position
No ads found for this position

काठमाडौ -आगामी वैशाख १५ गते इलाम क्षेत्र न.२ र बझाङको प्रदेश- १ मा हुने उपनिर्वाचनमा जनताको जनवादी पार्टी नेपालले, नेकपा एमालेका उम्मेदवारहरुलाई सघाउने निर्णय गरेको छ।

पार्टी मूख्यालय अनामनगरमा बसेको केन्द्रिय सचिवालयको बैठकले एमालेका उम्मेदवारहरुलाई पुर्णरुपमा सघाउने निर्णय गरेको महासचिव बिश्वमणि घिमिरेले जानकारी गराए ।

पार्टी अध्यक्ष सन्ध्या तिवारी भेटवालले प्रेश बक्तब्य मार्फत, ईलाम र बझाङका सम्पुर्ण पार्टी पङ्ती,नेता तथा कार्यकर्तालाई आग्रह गर्दै भनेकी छन, जनताको बहुदलीय जनवादको मार्ग दर्शनको रुपमा रहेको आफ्नो पार्टीको प्रमुख राजनीतिक सिद्धान्त र नेकपा एमालेको सुखी नेपाली,समृद्द नेपाल, समाजवाद उन्मुख एउटै उद्देश्य भएको हुदा एमालेका सम्पुर्ण उम्मेदवारहरु लाई समर्थन गर्न अनुरोध गरेकी छन ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि ईलाम क्षेत्र न २ खाली थियो । स्व.नेम्वाङका छोरा सुहाङ नेम्वाङ चुनावी मैदानमा छ्न भने बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा एमालेका दमन भण्डारी चुनावी मैदानमा छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *