गौमती बृहत्तर विकास समाजमा कृष्ण प्रसाद ढकाल

No ads found for this position
No ads found for this position

काठमाडौं – शनिवार गौमती माध्यामिक विद्यालय सिन्धुली माडीमा विद्यालय सञ्चालक तथा ब्यवस्थापन समिति, पूर्व शिक्षकहरु र पूर्व बिद्यार्थीहरुको बृहद भेला सम्पन्न भएको छ।

भेलाले गौमती बृहत्तर विकास समाज कृष्ण प्रसाद ढकालको अध्यक्षतामा तदर्थ समिति पनि गठन गरेको छ । यसरी नवगठित समितिका पदाधिकारीहरुमा उपाध्यक्ष ,सचिब र कोषाध्यक्षमा क्रमश विष्णु कुमार श्रेष्ठ, दिपक कुमार बुढाथोकी र गोकर्ण बहादुर थापा रहनु भएको छ ।

सदस्यहरुमा क्रमश कर्ण बहादुर घिसिङ,शंकर प्रसाद ढकाल,उज्ज्वल कुमार थापा, दिल वहादुर कटुवाल, अशोक श्रेष्ठ, बिनेश कुमार श्रेष्ठ,भानु गुरुङ, डण्ड गुरुङ, अमरेश चन्द्र बैदार,नरेश देवकोटा, छत्रकुमारी मगर भवानी देवकोटा र निलिमा भट्टराई लगाएत रहनुभएको छ ।

२०२४ सालमा स्थापना भएको सो विद्यालयको हाल सम्मको अबस्थाका बारेमा विद्यालयका प्र अ दिपक कुमार बुढाथोकीले प्रस्तुत गर्नु भएको थियो ।

तेस्तै,कार्यक्रमको उद्देश्यका बारेमा सहायक प्र अ शंकर प्रसाद ढकालले जानकारी गराउनु भएको थियो ।

पूर्व विद्यार्थी समाजका निवर्तमान अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन लामो समय देखि विद्यालय ब्यवस्थापन समितिमा रही योगदान गर्नु हुने समाजसेवी  दिलिप जंङ्ग थापाले गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालय लाई स्थापना कालदेखि सहयोग गर्नुहुने सञ्चालक सदस्य एबं शिक्षक तथा प्रअहरु क्रमश, दिलिप जंङ्ग थापा, अमरदिप देवकोटा, बिष्णु श्रेष्ठ, शेषराज दाहाल, कृष्ण प्रसाद ढकाल, गोकर्ण ब थापा, दिल बहादुर कटुवाल,नारायण देवकोटा, पुरुषोत्तम अधिकारी, लगाएतका ब्यक्तित्वहरुका साथै  बिधालयमा अध्ययनगर्ने पूर्व बिद्यार्थीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *