मौलिक चलचित्रको प्रवर्द्धन गर्न ५ दिने कार्यशाला सम्पन्न

No ads found for this position
No ads found for this position

काठमाडौं- मौलिक चलचित्रको प्रवर्द्धन गर्न सञ्चार रजिष्ट्रारको कार्यालयले ५ दिने कार्यशाला सम्पन्न गरेको छ ।

मौलिक चलचित्र प्रवर्द्धनमा सहयोग कार्यक्रम अन्तर्गत बागमती प्रदेशले पहिलो पटक चलचित्र एप्रिसियसन कार्यशाला सञ्चालन गरेको हो ।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने कार्यालयका कर्मचारी, कार्यशालामा सहभागी, प्रशिक्षक लगायत सबै सरोकारवाललाई सञ्चार रजिष्ट्रारको कार्यालयका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले धन्यवाद दिएका छन्।

सञ्चार रजिष्ट्रारको कार्यालयद्वारा काभ्रेको धुलिखेलमा आयोजित ५ दिने कार्यशालामा सहभागीहरूले विगतमा आफूले चलचित्रको समीक्षा गर्दा गरेको कमजोरीको आत्म समीक्षा गरी आगामी दिनमा गर्ने कर्मका बारेमा जानकारी हासिल गरेको बताएका छन् ।

बागमती प्रदेशमा क्रियाशील चलचित्र पत्रकारहरूले चलचित्रलाई बुझ्ने, ग्रहण गर्ने र चलचित्रका समग्र पक्षको रस्वादन गरी समीक्षा गर्न भोक जागेको बताएका छन् ।

एउटा चलचित्रमा पटकथा, श्रव्यदृश्य, ध्वनि, व्यवस्थापन, कला प्रदर्शन गर्न कति धेरै मेहनत गरिएको हुन्छ र समूहगत रूपमा गरिएको मेहनतको समग्र रूपमा चलचित्र बनेको हुन्छ भन्ने आत्म बोध सहभागीहरूले गरेका छन् ।

चलचित्रको निर्माण, निर्देशन, पटकथा लेखन, ध्वनि, सिनेमाटोग्राफीका समग्र पक्षका बारेमा सहभागीहरूलाई बुझाउने प्रयास गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *