नेता शाही र कांग्रेसलाई निशाना बनाएको बारे तरुण दलले गरायो सभापतिलाई ध्यानाकर्षण

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल तरुण दलका केन्द्रीय सदस्य जित छेत्रीको नेतृत्वमा तरुण दल केन्द्रीय समितिको टोलीले आइतबार बुढानीलकण्ठ स्थित पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

कर्णाली प्रदेश संसदीय दलको नेता एवं पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको विषयमा छलफल गर्न टोली बुढानीलकण्ठ पुगेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्यहीन आरोप लगाएर पूर्वमन्त्री जीवनबहादुर शाहीलाई वाइडबडीमा फसाइएको भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको हो।

अनावश्यक कुरामा तथ्यहीन प्रमाणको आधार बनाएर बहुचर्चित नेता शाहीलाई निशाना बनाएको र कांग्रेसमाथि हमला गर्न खोजिएको बारेमा सभापति सँग छलफल भएको हो ।

नेता शाही र पार्टीलाई निशाना बनाएको बारेमा उपस्थित तरुण दल केन्द्रीय सदस्य दिल लामाले पार्टी सभापति देउवालाई जानकारी गराउँदै नेता शाही माथि निष्पक्ष अनुसन्धान होस् भनी ध्यानाकर्षण गराए ।

पार्टी सभापति देउवाले यस विषयमा आफ्नो पूर्ण रूपमा ध्यानाकर्षण भएको बताए ।



प्रतिक्रिया

One thought on “नेता शाही र कांग्रेसलाई निशाना बनाएको बारे तरुण दलले गरायो सभापतिलाई ध्यानाकर्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *