उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो शर्मा र साउदलाई चुनावी कमाण्डर

No ads found for this position
No ads found for this position

काठमाडौं- वैशाख १५ गते उपनिर्वाचनका लागि नेपाली कांग्रेसले चुनावी कमाण्डर तोकेको छ ।

इलाम- २ को प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मा तोकिएका छन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो ।

महामन्त्री शर्मा यसअघि उम्मेदवार चयनको सन्दर्भमा कार्यकर्ताको मत बुझ्न इलाममा खटिएका थिए ।

उपनिर्वाचनका लागि इलामबाट नेपाली कांग्रेसका डम्बर खड्काले उम्मेदवारि दिएका छन्। खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग १ सय १४ मतले पराजित भएका थिए ।

त्यस्तै बझाङ-१ को प्रदेशसभा क्षेत्र नं.१ को उपनिर्वाचनका लागि सांसद् एनपी साउद कमाण्डर तोकिएका छन् । बझाङ प्रदेशसभा सुदूरपश्चिमका दिवंगत मन्त्री पृथ्वीबहादुर सिंहकापुत्र अभिषेक सिंह चुनावी मैदानमा छन् ।

पृथ्वीबहादुर सिंहको गत असार ५ गते जिप दुर्घटनामा परेर निधन भएको थियो। दुर्घटनामा उनकी पत्नी र भाउजूको पनि निधन भएको थियो। सिंहको निधनपछि रिक्त पदमा कांग्रेसबाट उनका छोरा अभिषेकले चुनाव लड्ने तयारी थालेका थिए। उनी राजनीतिमा सक्रिय छन्।

इलाममा खटिएका महामन्त्री शर्मा प्रतिनिधिसभा निर्वाचनमा झापा- १ बाट निर्वाचित भएका थिए भने बझाङमा खटाइएका साउद कञ्चनपुरबाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया

One thought on “उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो शर्मा र साउदलाई चुनावी कमाण्डर

Leave a Reply

Your email address will not be published. Required fields are marked *