एसएमएस फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरातबीच फाइनल भिडन्त

No ads found for this position
No ads found for this position

काठमाडौं- एसएमएस फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरातबीच प्रतिस्पर्धा हुँदैछ।

नेपालले लिग चरणका ४ मध्ये ३ खेल जितेर फाइनलमा स्थान बनाएको हो। गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो।

त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए।

लगातार तीन खेलमा पराजित भएको बरोडा लिग चरणको अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएको थियो। लिगको अन्तिम खेलमा भने बरोडाले नेपालसँग सान्त्वना जित निकालेको थियो।

नेपालले निकट भविष्यमा ओमानमा आयोजना हुने एसीसी प्रिमियर कप र त्यसपछि अमेरिका र वेस्ट इन्डियमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा भारतीय क्लबसँग त्रिकोणात्मक शृङ्खला खेलेको हो।

एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ। एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *