उपनिर्वाचनका लागि आज उम्मेदवारले मनोनयन दर्ता गर्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि शनिबार (आज) उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन्।

आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ।

इलाम-२ र बझाङ १ (१) मा २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार दुवै क्षेत्रको मनोनयन दर्ता सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा हुने छ ।

इलाम र बझाङको चैनपुरमा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । आयोगले प्रकाशित गरेको निर्वाचन कार्यक्रम अनुसार चैत २४ गते उम्मेदवारी दर्ता र उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन हुने छ ।

उम्मेदवारी दर्ता भएको भोलिपल्ट चैत २५ उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ ।

चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने छ ।

निर्वाचन आयोगले इलाम र बझाङमा उपनिर्वाचन हुने क्षेत्रमा मतदान स्थल स्वीकृत गरेको छ । इलाम–२ मा ७९ मतदान स्थल तथा १४९ मतदान केन्द्र हुने छन् । बझाङ १ (१) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र हुने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *