सुनसरीमा हिन्दु र मुस्लिमको भीडन्तले तनावग्रस्त , ८० राउन्ड हवाई फायर (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

सुनसरी- शुक्रवार बिहानबाट अशान्त बनेको सुनसरीको भुटाहा बजार तनावग्रस्त बनेको छ । हिन्दु र मुस्लिम समुदाय दोहोरो भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रण बाहिर गएको हो ।

दिउँसो १ बजेपछि शुरु भएको तनाव दोहोरो झडपमा परिणत भएको छ । तनावग्रस्त क्षेत्रमा बाक्लो सुरक्षा तैनाथ भएपनि दुई पक्षको हुलका कारण सुरक्षाकर्मी पछि हट्नुपर्ने अवस्थाको सृजना भएको छ ।

प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरी पोष्टमा क्षति पुर्याएका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रु ग्यास प्रहार गरेको छ।

हवाई फायर र अश्रु ग्यासले पनि भीड मत्थर भएको छैन। उनीहरू प्रहरीलाई ढुंगामुढा गरिरहेका छन्।

प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले निषेधाज्ञाका बाबजुत भीड नियन्त्रणमा आउन नसकेको बताएका छन् । फुयालले घाइतेहरूको विषयमा विवरण संकलन भइरहेको बताए।

बिहीबार एक युवक कुटिएपछि सुरू भएको विवादले आज बिहानैदेखि दुई समूहबीच झडपको स्थिति देखिएको थियो। सुनसरी प्रशासनले झडप हुने अवस्था आउन नदिनका लागि मध्याह्नदेखि निषेधाज्ञा जारी गरेको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *