सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड सम्पन्न

No ads found for this position
No ads found for this position

काठमाडौं- विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ ।

समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ ।

पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्वारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डँगोललाई सो सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा संगीतकार डँगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल साउनको भेल जस्तो… प्रस्तुत गरिन भने बाँसुरीबादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाए ।

सोही समारोहमा संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भए । कार्यक्रममा ५ हजार ५५५ राशीको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो ।

कार्यक्रममा मन्त्री भानुभक्त जोशीले यस्ता कार्यक्रमहरुले प्रतिभालाई प्रोत्साहन मिल्नका साथै गीत संगीतको विकाशमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै बागमति प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले राज्यले गर्नु पर्ने यस्ता महत्वपूर्ण कार्यहरु पिम नेपालले आयोजना गरेर निकै प्रसँसनीय कार्य गर्दै आएको छ भने ।

आयोजक संस्था पिम नेपालका अध्यक्ष माधव राज खरेलले पिम अवार्डबारे प्रकाश पार्दै कार्यक्रममा भने,‘विगत ७ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ ।’

यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पहिलो सृँखलादेखि नै आफु सल्लाहकारको रुपमा रहँदै आएको र निम अवार्ड समावेशी अवार्डको रुपमा स्थापित भएको बताए । कार्यक्रममा स्वागत मन्तब्य शान्तिप्रिले व्यक्त गरेका थिए ।

कार्यक्रममा अवार्ड सँयोजक कमला जोशीले कार्यक्रममा सो अवार्डको बारेमा प्रकाश पारेकी थिईन् । सनम कठायतको व्यबस्थापन रहेको सो कार्यक्रमको निर्देशकमा राजन थापा र सल्लाहकारमा व्याकुल माईला थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *