म्यानचेस्टर युनाइटेडमाथि चेल्सीको ४-३ गोल अन्तरको रोमाञ्चक जित

No ads found for this position
No ads found for this position

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले म्यानचेस्टर युनाइटेडमाथि गएराति भएको खेलमा ४-३ गोल अन्तरले पराजित गरेको छ ।

चेल्सीको जितमा कोल पाल्मरले पेनाल्टी मार्फत ३ गोल गर्दै ह्याट्रिक गरेका थिए । त्यस्तै चेल्सीको जितमा पहिलो गोल कोनोर गल्लाघेरले गरेका थिए ।

त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि अलेजान्द्रो गार्नाचोले २ गोल गरेका थिए भने ब्रुनो फेर्नानडेजले एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको २९ खेलमा ४३ अंक भएको छ र लिगमा १०औं स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको ३० खेलमा ४८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *