वाइडबडी घोटाला प्रकरणमा पूर्वमन्त्री सहित को-को परे अख्तियारको फन्दामा ?

विमान खरीद प्रकरणमा स्वदेशी र विदेशीमाथि यस्तो छ अभियोग

No ads found for this position
No ads found for this position

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार तत्कालीन मन्त्रीसहित ३२ जनाभन्दा बढीलाई प्रतिवादी बनाएर वाइडबडी विमान खरीद प्रकरणको घोटालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्‍यो ।

मुद्दा दायर गरिएकामा १ पूर्वमन्त्री, २ जना नेपाल सरकारका पूर्वसचिव र १ जना बहालवाला सहसचिवसमेत २४ जना नेपाली र ८ जना विदेशी नागरिक रहेका छन् ।

नेपाल वायु सेवा निगमको विमान खरिदमा कानुनविपरीत विमान खरिद गरेको र राज्यलाई ठुलो रकम नोक्सानी पुऱ्याएर विमान आपूर्तिकर्ता कम्पनीसँगको मिलेमतोमा ठुलो रकम व्यक्तिगतरुपमा लाभ लिएको आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

आयोगले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीसहित अन्य उच्च पदस्थ अधिकारीलाई प्रतिवादी बनाएको छ। पूर्वमन्त्री शाहीसमेतको संलग्नतामा राज्यकोषमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपियाँ नोक्सानी पुऱ्याएको आयोगले दाबी गरेको छ।

वाइडबडी खरीद प्रकरणका मुख्य आरोपितहरु

१) जीवनबहादुर शाही
२) सुगतरत्न कंसाकार
३) शङ्करप्रसाद अधिकारी
४) शिशिरकुमार ढुङ्गाना
५) बुद्धिसागर लामिछाने
६) टेकनाथ आचार्य
७) निमा नुरु शेर्पा
८) मुक्तिराम पाण्डे
९) जीवनप्रकाश सिटौला
१०) अच्युतराज पहाडी
११) रामहरि शर्मा सेढाई
१२) जनकराज कालाखेती
१३) प्रभासकुमार कर्माचार्य
१४) गणेशबहादुर चन्द
१५) कर्णबहादुर थापा
१६) सुवास रिजाल
१७) रमेशबहादुर शाह
१८) रवीन्द्रकुमार शेरचन
१९) रवीन्द्र श्रेष्ठ
२०) उपेन्द्र पौडेल
२१) श्रवण रिजाल
२२) पारस पौडेल
२३) उमेश पौडेल
२४) बृहतमान तुलाधर



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *