इतिहास माथि निर्माण भएको चलचित्र ‘नालापानी’ माथि सरकारको ध्यान किन गएको छैन ?

No ads found for this position
No ads found for this position

काठमाडौं – सन् १८१४ मा ब्रिटिस इष्टइण्डिया कम्पनीका ३५ सय तालिम प्राप्त आधुनिक हातहतियार धारी सैनिकले नेपाल आक्रमण गर्‍यो। नेपालका जम्मा ६ सय त्यसमा पनि महिला र बच्चा बच्ची सहितको घरेलु हतियार भएका सानो जत्थालाई इष्टइण्डिया कम्पनीले ३ पटकसम्म युद्ध गर्‍यो ।

त्यति ठुलो सेना र हतियार भएका ब्रिटिसलाई यती सानो घरेलु हतियार प्रयोग गरेर नेपाली सानो फौजले ३ पटक नै बहादुरीपूर्वक लडी युद्ध जित्नु सन्सारको लागि असम्भव थियो भने ब्रिटिस सैनिकका कहलिएका र धेरै देशलाई उपनिवेश बनाउन सफल र धेरै युद्ध जितेका मेजर जनरल रोवर्ट रोलो जिपेस्पी मारिएका थिए ।

यो युद्ध यति बहादुरीपूर्ण थियो कि नेपालीहरूको बहादुरीको उच्च प्रशंसा गर्दै ब्रिटिसले शिला स्तम्भ नै बनायो । जुन शिला स्तम्भ आज पनि भारतको देहरादुनमा जिउँदो इतिहास बनेर उभिरहेको छ । यो विश्वको लागि सायद पहिलो र अन्तिम परिघटना हुनुपर्छ । यो युद्धलाई विश्वले मानेको र प्रशंसा गरेको युद्ध हो ।

सम्पूर्ण नेपाली र नेपालहरूको गर्व गर्ने र विश्वमा चिनाउने यही युद्धमा रहेर लेखक, निर्माता र निर्देशक रिमेश अधिकारी र उनका टिमले ३ वर्षको लामो अनुसन्धान र ६ वर्ष समय खर्चिएर १४ करोडको लगानीमा ऐतिहासिक चलचित्र नालापानी बनेको हो । नालापानी निर्माणमा नेपाली सेनाले खुलेर ठुलो सहयोग गरेको छ।

नेपालमा सायद पहिलो पटक यति गहकिलो इतिहासमा लामो समय र ठुलो लगानीमा बनेको नेपाली चलचित्र यो पहिलो हो । जुन चलचित्रले हाम्रो इतिहास बोकेको र हाम्रा वीर पुर्खाहरूले दिएको योगदान उजागर गरेको छ ।

यो ठुलो इतिहासलाई चलचित्रको माध्यमबाट दस्ताबेजीकरण गरेको छ । यस्तो चलचित्रलाई राज्यले पूर्ण रूपमा संरक्षण गर्नुपर्ने हो तर यस्तो भैइहेको छैन ।

यो राज्यलाई प्रश्न पनि हो । फेरी एक पटक रिमेश अधिकारी चलचित्र नालापानीको प्रदर्शन गर्न दिनरात खटिरहेका छन् ।

नालापानीको आगामी २०८१ श्रावण १८ गतेबाट प्रदर्शनको तयारी द्रुतगतिमा थालिएको छ । नालापानी राष्ट्रको सम्पती हो ।
यो चलचित्रबाट राष्ट्र प्रेम बढ्ने, इतिहास बुझाउने, राष्ट्रप्रति जिम्मेवार बनाउने पुर्खाले दिएको इतिहास उजागर गर्ने भएकोले  नालापानीलाई नेपाल सरकारले संरक्षण गर्दै यसको प्रदर्शनमा पूर्ण रूपमा साथ र सहयोग गर्दै आवश्यक अनुदान समेत दिँदै सम्पूर्ण कर छुट दिई नेपाल र विश्वमा समेत यस चलचित्रको प्रचार प्रसार र प्रदर्शन गरिनु जरुरी देखिन्छ ।

इतिहासले वर्तनमामा हौसला प्रदान गर्छ र भविष्य निर्माण पनि हुन्छ । यस्ता गहकिला विषयमा चलचित्र राज्यले निर्माण गर्नुपर्ने हो तर व्यक्तिले निर्माण गर्दा समेत राज्यले नदेखे जस्तो गर्नु कतिसम्म जायज हो ? यति बेला सम्पूर्ण नेपालीहरूको साथ र सहयोगको अपेक्षा चलचित्र नालापानी टिमले गर्नु स्वाभाविक पनि हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *