सिन्धुली एमालेको अध्यक्षमा सचिव नारायण बराल सहित ५ जनाको दाबी

No ads found for this position
No ads found for this position

सिन्धुली- नेकपा एमाले सिन्धुलीको अध्यक्षमा पाँच जना नेताले दाबी गरेका छन् । एमाले सिन्धुलीको नवौं जिल्ला अधिवेशन यही चैत २८ देखि सुरु हुँदैछ ।

वर्तमान अध्यक्ष कुमारबहादुर कार्की सहित सचिव नारायण बराल, नेताहरु खड्ग खत्री, महेन्द्रदेव श्रेष्ठ र डम्बर कार्कीले अध्यक्षको दाबी गरेका छन्।

नेता श्रेष्ठ र कार्कीले अध्यक्ष पदकलागि मतसमेत माग्न थालिसकेका छन् । यस्तै अनेरास्ववियुको राजनीतिबाट आएका पार्टी सचिव नारायण बराल अघिल्लो कार्यकालका सर्वसम्मत सचिव भएकाले पनि अहिले अध्यक्ष पदमा आफ्नो दाबी गर्नु स्वाभाविक रहेको बताउँछन्।

सर्वसम्मत नभई निर्वाचन हुने अवस्था आएमा अध्यक्ष पदकलागि कुमारबहादुर कार्की र डम्बर कार्की मध्ये एकसँग महेन्द्र श्रेष्ठको चुनावी प्रतिस्पर्धा हुने प्राय निश्चित छ ।

चैत २८ र २९ गते हुने जिल्ला अधिवेशनमा आयोजक १ सय २७ सहित करिब ७ सय ४० प्रतिनिधि सहभागी हुने प्रचार उपसमितिले जानकारी दिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *