मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा महानगरका कर्मचारी पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी रामप्रसाद पौडेल पक्राउ परेका छन् ।

महानगरपालिकाका मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा उनि पक्राउ परेका हुन् । प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो।

उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ । पौडेललाई मेयर बालेन शाहले गत पुस १६ गते निलम्बन गरेका थिए ।

निलम्बनमा परेपछि पौडेलले सामाजिक सञ्जालमा बालेनविरुद्ध लेखेका थिए। उनले सामाजिक सञ्जालमा बालेले नियुक्त गरेका १ सय ६६ जना र निजहरूले २ वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ यो नगरवासीले तिरेको कर हो भनि लेखेका थिए।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *