कांग्रेसमा किचलो, उम्मेदवार छान्न आज पनि बैठक बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आज पनि नेपाली कांग्रेसको बैठक बस्दैछ ।

वैशाख १५ गते इलाम-२ र बझाङ प्रदेशसभा- १ मा उपनिर्वाचन हुँदैछ। कांग्रेस संसदीय बोर्डको बैठक बिहान ९ बजे र केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

उम्मेदवारको टुंगो लगाउन मंगलबार र बुधबार बसेको बैठक निष्कर्षविहीन भएपछि बैठक आज पनि बस्न लागेको हो ।

उम्मेदवारको विषयलाई लिएर संस्थापन र इतरपक्ष आ-आफ्नै अडानमा रहँदा नेपाली कांग्रेसले उम्मेदवारको चयन गर्न सकेको छैन ।

सभापति शेरबहादुर देउवा डम्बर खड्कालाई इलाम-२ को उम्मेदवार बनाउने पक्षमा छन् भने गगन थापा र शेखर कोइरा पक्ष भने भेषराज आचार्यलाई उम्मेदवार बनाउनु पर्ने पक्षमा छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *