प्रतिनिधिसभा बैठकमा आज ३ मन्त्रीले प्रश्नको जवाफ दिने

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रतिनिधिसभाको बैठक संघीय संसद्‌ भवन नयाँ बानेश्वरमाआज ११ बजे बस्दैछ ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गरिएको जानकारी गराउनेछन् ।

उपप्रधान मन्त्री एवम्‌ परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले ‘बिमेस्टेक वडा पत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस् तथा अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएको ‘बिधायन सम्बन्धी विधेयक २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *