चलचित्र निर्देशक लामिछानेलाई पितृशोक

No ads found for this position
No ads found for this position

काठमाडौ – चलचित्र लेखक, निर्देशक तथा कलाकार ऋषि लामिछानेलाई पितृशोक परेको छ।

लामिछानेका बुवा रोमहर्ष उपाध्यायको शनिबार राति निधन भएको हो। उपाध्यायको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको निर्देशक लामिछानेले जानकारी गराएका छन्।

९० वर्षीय उपाध्याय केही समयदेखि अस्वस्थ थिए। उपाध्यायका ऋषिसहति पाँच छोरा छन्। निर्देशक लामिछाने साहिँला छोरा हुन्। उपाध्यायको आइतबार राप्ती नदीको घाटमा अन्त्येष्टि गरिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *