भूर्तेल परिवारको पिडा कसले बुझिदेला

No ads found for this position
No ads found for this position

काठमाडौं- वर्षौ देखि परिवर्तनका लागि भोट दिएर औंला खियाई छोराले गरेको क्रान्तिको लागि न्याय कुर्दै इलामको चुनावी माहोल भित्रका ओम र देवी माया देशमा गणतन्त्र, लोकतन्त्र परिवर्तन मान्छेलाई मान्छेले मान्छे गन्ने जातीय छुवाछुत अन्त्य जस्ता नारा लगाएर कम्युनिष्टहरु कांग्रेससंगै २००० सालदेखि नै जनताका लागि जनतालाई रिजाएर भोट लिँदै आएकै छन् ।

तर, यस्तै समस्याका बीचमा वर्षौ देखि नेकपा एमाले स्वर्गीय माननीय सुभाषचन्द्र नेम्बाङ प्रति आस्था राख्दै ईलाम चुलाचुली वडा नं ‘पुरानो ५’ निवासी चन्द्रप्रसाद भुर्तेलका १० भाई छोराहरू र त्यो परिवार भित्रका अन्तर्य छोरा ओमनाथ भुर्तेल र देवीमाया भुर्तेल आज पनि २०६८ साल पुष ४ गते अन्तरजातीय विवाह गरेर घर छोडेर हिँडेको छोरो आजसम्म पनि यो समाजसंग उहाँ बिचरा ओमनाथ भुर्तेल देवीमाया भुर्तेल आफ्नो एक भाई छोरो वेदप्रसाद भुर्तेल जसले २०६८ साल पुष ४ गते नीलम सुनाम दर्जीसंग अन्तरजातीय विवाह गरेर आज १२ औं वर्ष बितिसकेको छ ।

तर न यो राजनीतिक दल, न यो देश, न यो संविधान, न ती नेता, न नेपाली कांग्रेस, न नेकपा एमाले, न नेकपा माओवादी, न स्वतन्त्र भनिएर अहिलेका कहलिएका पहिचानको कुरा उठाएर छुवाछुत केही होइन, मान्छे एउटै हो भन्ने नारा लाएर हिँड्ने स्वतन्त्र पहिचानवादी जोसुकै भएपनि हाम्रो परिवारमा भैरहेको पिडालाई समाधान र सन्त्वना दिने काम कतैबाट पनि नभएको गुनासो बेदप्रसाद भूर्तेलको छ ।

ईलामको चुलाचुलीमा रहेका भुर्तेल परिवारभित्र खड्केको समस्या र परिवारको पीडामा सङ्घर्ष गरेको कथा र त्यो परिवारको छोरा नाती वेदप्रसाद भुर्तेलले यति धेरै हण्डर, ठक्कर पीडा बेइज्जती, सामाजिक बेइज्जती र आर्थिक बेइज्जती सहेर पनि नेपाली चलचित्र क्षेत्रमा चलचित्र लेखन, निर्देशकको रुपमा आफ्नो पशिचान बनाएका छन् ।

निर्देशक भूर्तेलले आफ्नो जीवनमा आधारित चलचित्र ‘नदेखिएको जात’ निर्माण गरी रिलिजको लागि वर्षौ देखि पर्खेर बसेका छन् । आफ्नो अन्तरजातीय विवाहबाट जन्मिएको बच्चा पढाउन हुर्काउन समाजसंग जुद्दा, चलचित्र निर्माण गर्दाका ऋणपानसंग जुध्दै बसेको त्यो अन्तरजातीय विवाहको अस्ली प्रेमी जोडी बेदप्रसाद भुर्तेल र निलम दर्जीको पिडा कसले बुझिदिने ?

निलम दर्जीलाई आजसम्म न दलित अधिकार आयोग, न चलचित्र विकास बोर्ड, न बेदप्रसाद भूर्तेलका बुबाआमा साथै भूर्तेल परिवारले यत्रो समाजमा आफ्नो छोरा, नातीलाई मान्छेले मान्छेलाई मान्छे मान्नु पर्छ है भनेर दिएको जनचेतना र ज्ञान व्यवहारमा लागू हुन नसकेको बताउछन् निर्देशक भूर्तेल । न्याय पाउ भनेर यत्रो संघर्ष गर्दा पनि आजसम्म यो विषयमा संविधानमा छुवाछुत उन्मुलन भनेर हिँडिरहँदा त्यो ओमनाथको घरमा आफ्नो क्रान्तिकारी छोरोलाई समाजले स्थापित गराइदेला कि भन्ने आशामा बसेका छन् ।

आजसम्म पनि गाउँघर नगई, नगई सङ्घर्ष गरिरहेकै छन् । उनीहरूको जीवन कहानीमा निर्माण भएर बसेको छ चलचित्र नदेखिएको जात । यो चुनावी माहोलले पक्कै पनि चलचित्र ‘नदेखिएको जात’ क्रान्तिकारी प्रेमि जोडी बेदप्रसाद भुर्तेल र नीलम दर्जी साथै ती महान आमाबुबा छोरा विहीन खाली भएको घर पक्कै पनि चलचित्र ‘नदेखेको जात’ रिलिज हुन सकेमा परिवार र समाजसंग पुर्नमिलन हुने आशामा निर्देशक बेदप्रसाद भुर्तेलले गरेका छन् ।

निलम दर्जी र ओमनाथ भुर्तेल, देविमाया भुर्तेलले गरेको सामाजिक क्रान्तिको संघर्ष पक्कै पनि चलचित्र ‘नदेखेको जात’ र यो परिवारलाई अहिले चलिरहेको चुनावी माहोलले पक्कै पनि राहत दिन्छ भन्ने आशा छ । बेदप्रसाद भुर्तेल र नीलम दर्जीका अहिले नौ वर्षका एक छोरा छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *