बागमतीका मुख्यमन्त्रीले आज तेस्रो पटक विश्वासको मत लिँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ । योसहित जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीको विश्वासको मतको प्रक्रिया अघि बढाइएको हो ।

बागमतीमा एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीको ७ र हानेपाको २ गरी ५७ सांसद छन्। बागमतीमा सरकार गठन गर्न ५६ सांसदको समर्थन आवश्यक हुन्छ।

७ राजनीतिक दल रहेको बागमतीमा सबैभन्दा ठुलो कांग्रेसको ३७, राप्रपाको १३ (सभामुख सहति) र नेमकिपाको ३ सिट छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *