बोके दाह्रीको ‘गह्रो छ हौ मलाई’ सार्वजनिक (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- युवा जति विदेशमा, गाउँघरमा बृध्दा, आईमाई केटाकेटीमात्र हुँदा मर्दा, पर्दा आईपर्ने आपतविपतको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने मर्मश्पर्शी सन्देशमूलक ‘गह्रो छ हौ मलाई’ गीतको भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक श्रीकृष्ण लुइटेल (बोके दाह्री) र मनिषा पोखरेलको स्वर, लामो समय चलचित्र क्षेत्रमा काम गरेका अनुभवी मिलन सुवेदी ‘बाटाघरे’को निर्देशन रहेको भिडियोमा श्रीकृष्ण लुइटेल, मिलन सुवेदी, अनिषा न्यौपाने, कृष्ण सुवेदीको अभिनय रहेको छ।

यस्तै मनोज पोखरेल, तीर्थ पोखरेल, गोपाल दर्जी, जमुना भडारी सञ्जेल, रेणु गौतम, शुभद्रा थापा, निर्मला वस्नेत, प्रमिला थापा, कोपिला खड्का, अम्बिका भण्डारी, देवराज सुवेदी, रमेश पोखरेल, बुध्दिमान भुजेल लगायतको अभिनय रहेको भिडियो सुमन तामाङले खिचेका हुन् भने हिमाल तामाङको सम्पादन रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *