एमालेमा ‘बा’ र रास्वपामा ‘रवि’ भगवानभन्दा माथि छन्, भगवानले लुटेपनि हुने: गगन थापा

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कडा टिप्पणी गरेका छन् ।

महामन्त्री थापाले दोस्रो चरणको संवाद यात्रा कार्यक्रममा ओली र लामिछानेमाथि प्रश्न गर्न नपाउने प्रवृत्ति रहेको भन्दै टिप्पणी गरे ।

महामन्त्री थापाले भने, ‘हामीले पार्टीको कार्यक्रम सार्वजनिक रूपमै राखेर पार्टीको समस्या समाधान गरिरहेका छौं। नेताहरुलाई आफ्नो कुरा भन्न पाइने र आफ्नो फरक मत राख्न पाउनुपर्ने पार्टी हामीलाई मन परिरहेको छ। अरू पार्टी हेर्नुस् त। एमालेमा अहिले पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्न नपाउने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा। बाभन्दा मुनि सबै जना हुने। बा चाहिँ प्रश्न भन्दामाथि हुने। आलोचना जसले गर्छ त्यसलाई पार्टीबाट निकाल्ने।

यस्तै उनले रास्वापा सभापति रवि लामिछाने नेतृत्वको पार्टीमा पनि एमालेको जस्तै प्रवृत्ति देखिएको बताए । उनले भने, ‘नयाँ पार्टीमा पनि त्यस्तै छ। अध्यक्ष भनेपछि भगवान्। भगवान् चाहिँ प्रश्नभन्दा माथि। भगवानले ठगेपनि लुटेपनि माथि हुने। त्यस्तो पार्टी पनि बनाउन मिल्छ। हामीले त प्रश्न गर्ने र छलफल गर्ने पार्टी बनाउने भनेका छौं।’

महामन्त्री थापाले आज विहान दोस्रो चरणको संवाद यात्रा नवलपरासीको गौरीगञ्जबाट सुरु गरेका हुन् । ऐतिहासिक स्थल गुठि सूर्यपुरामा विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर उनले संवाद यात्रा सुरु गरेका हुन् । दोस्रो चरणको संवाद यात्रा आज, भोली र पर्सी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *