एसईई परीक्षा सुरु, ५ लाखभन्दा धेरै परीक्षार्थी सहभागी

No ads found for this position
No ads found for this position

काठमाडौं- यस वर्षको एसईई परीक्षा आज देखि सुरु भएको छ। एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा आजदेखि चैत २७ गतेसम्म चल्नेछ।

एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने हुने छन्।

यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी रुपन्देहीबाट चार जना, पर्सा र सप्तरीबाट दुई/दुई जना तथा सुर्खेत, बाँके, दाङ, चितवन, गोरखा, खोटाङ र इलाम सुर्खेतबाट एक/एक जना छन्।

एसईई परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र छन्।

आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *