नेपालमा नास्तिकता फैलाउन लगानी गरेको विषयमा अमेरिकी राजदूत र राप्रपा अध्यक्ष बिच छलफल

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी राजदूतर डी आर थम्पसनसँग आज धुम्बाराहीमा भेट गरेका छन्।

भेटमा अमेरिकी संसदमा नेपालमा नास्तिकता फैलाउन लगानी गरेको भन्ने छलफल भएको विषयमा अध्यक्ष लिङ्देनले राजदूतसँग चासो राखेका थिए।

जवाफमा राजदूतले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको अध्यक्ष लिङ्देनलाई जानकारी गराएका थिए।

अमेरिकी सहयोग विभिन्न क्षेत्रको अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रीत रहेको राजदूतले प्रष्ट पारेका थिए।

नेपालको धार्मिक सदभाव,एकता उत्कृष्ट रहेको राजदूतको भनाइ थियो। नेपालबाट चोरी भइ अमेरिका पुऱ्याइएका मूर्तिहरू नेपाल फिर्ता गरी सम्बन्धित मठ मन्दिरमा पुनस्स्थापना गर्ने अमेरिकी नीति रहेको राजदूतले जानकारी गराएका थिए।

भेटमा राप्रपाले सरकारलाई ४० बुँदे माग पेश गर्दै प्रदर्शनको तयारीमा रहेको विषयमा कुराकानी भएको राप्रपाले जनाएको छ। तर राप्रपाले गर्ने भनिएको आन्दोलनबारे अमेरिकी राजदूतले कस्तो चासो राखे भन्ने चाहिँ खुलाएको छैन।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना,प्रदेश संरचनाको खारेजी,बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार,भ्रष्टाचार नियन्त्रण,सुशासनको प्रत्याभूतिलगायत राष्ट्रियता,विकास, सुशासन,सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दिर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखेको छ।

राप्रपा अध्यक्ष लिङ्देनले फागुन ९ गते ४० बुँदे मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *