२३ जना प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर नभए सेवाबाट हटाइने

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका २३ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन एक सूचना मार्फत जानकारी गराएको छ।

सम्पर्कविहीन भएका प्ररीहरुमा प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी हबल्दार १, प्रहरी जवान १७ र २ जना प्रहरी कार्यालय सहयोगी सहित २३ प्रहरी एक महिना देखि सम्पर्कमा छैनन्।

यसबीचमा खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गरेर जनाएको छ।

सूचना अनुसार उनीहरूलाई ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुनु भनिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने भनिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *