ललितपुर ग्याङ फाइटको कारण अत्यधिक मदिरा

No ads found for this position
No ads found for this position

काठमाडौं- ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा दुई पक्षबीच आइतबार राति ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको घटनामा अत्यधिक मदिरा सेवन गरेको पाइएको छ।

दुई पक्षबीचको झडपका क्रममा छुरा प्रहार हुँदा उनीहरु अत्यधिक मदिरा सेवन गरेको प्रहरीले जनाएको छ।

फाइटमा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोबस राईको मृत्यु भएको छ।

घटनामा संलग्नहरूलाई प्रहरीले सिसिटिभी फुटेज हेरी राति नै १८ जनालाई पक्राउ गरेको थियो।

यस घटनाको सोधपुछ भइरहेको प्रहरीकोले बताएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *