डिएलए सुदूरपश्चिममा ११ सदस्यीय समिति गठन

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रजातन्त्रवादी कानूनविद्हरुको संस्था डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले सुदूरपश्चिम प्रदेश समिति गठन गरेको छ ।

शनिबार सम्पन्न भेलाले एशोसिएशनको केन्द्रीय उपाध्यक्ष गंगाराम पाध्ययको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । एशोसिएशनको विधान अनुसार केन्द्रीय उपाध्यक्षहरू सम्बन्धित प्रदेशको अध्यक्ष रहने व्यवस्था छ ।

समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः धनबहादुर खड्का, रोशनलाल चौधरी र देवीलाल चौधरी चयन भएका छन् । यस्तै सदस्यहरूमा ज्ञानेन्द्रबहादुर पाल, गोविन्दराज जोशी, हर्क कडायत, डण्डीराज ओझा,लोकराज जोशी,कौ शल्या योगी र सुवास उपाध्याय चयन भए ।

प्रदेश समिति गठन कार्यक्रममा एशोसिएशनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता सिताराम केसीले एसोसिएसनको अगुवाइमा विगतमा थुप्रै कानुनी बहसहरू सञ्चालन गरिएको जानकारी दिँदै आगामी वैशाखबाट सार्वजनिक रूपमा कानुनी बहस सञ्चालन गर्न लागिएको जानकारी दिए ।

साथै काठमाडौंका ८६ वटा सामुदायिक विद्यालयमा युवाहरूलाई लक्षित गरेर कानुनी अभियान सञ्चालन गरिने पनि केसीले जानकारी दिए । यस अभियानमा विद्यार्थीलाई पारिवारिक कानुन, लागु औषध दुर्व्यसनी लगायतबाट निम्तिन सक्ने कानुनी समस्याको बारेमा जानकारी गराइने एशोसिएशनले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *