स्काउटको जग्गा लुट्ने र अदालतको स्टे लिएर खाएकाहरूलाई अब छाडिन्न: मन्त्री श्रेष्ठ

No ads found for this position
No ads found for this position

काठमाडौं- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउटको सार्वजनिक जग्गा लुट्नेहरु जो कोहीलाई नछाड्ने बताएका छन्। वर्तमान सन्दर्भमा रास्वपाको रणनीतिक विषयमा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री श्रेष्ठले भने, ‘गृहमन्त्रीज्यूले सार्वजनिक जग्गाको विषयमा कुरा गर्नुभएको छ । खेलकुदमा पनि नेपाल स्काउटका धेरै सार्वजनिक जग्गा लुटेर बसेका रहेछन् मान्छेहरु रहेछन्। पैसा पनि नदिने, अदालतमा मुद्दा हाल्ने र स्टे अडर लिएर निःशुल्क जस्तो चलाइरहेका छन् । राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको छ ।’

उनले खेलकुद मन्त्रालयमा धेरै काम सुरु गरेको र अब सोमबारदेखि धेरै एक्सनका कामहरु हुने बताए।

उनले भने, ‘केही साथीहरूको चाहिँ खेललाई खुट्टा तान्ने खेल रहेछन् । तर त्यो खेलमा उनीहरू फेल भई सकेए । त्यस्तालाई अब बोलिले हैन व्यवहार र जवाफले देखाउँछौं । खेलाडी र अब देशले न्याय पाउने काम हुन्छ ।’

मन्त्री श्रेष्ठले खेलाडीहरूलाई विदेश पलाएन हुने अवस्थाबाट अब मुक्त गराउने र पार्टी सरकारमा भएपछि मिसन २०८४ सम्म नथाक्नेगरी काम गर्ने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *