युएईमा हुने सांगीतिक कार्यक्रममा पदम राई

No ads found for this position
No ads found for this position

काठमाडौं- वर्षभरि नै गायक पदम राई देश, विदेशको सांगीतिक कार्यक्रमहरुमा व्यस्त रहे ।

ऊनी दक्षिण कोरिया, हङकङ र नेपालका बिभिन्न जिल्लामा आफ्नो सांगीतिक प्रस्तुति दिन व्यस्त रहे।

‘द भ्वाईस अफ नेपाल सिजन चार’का सेमिफाईनलिष्ट चर्चित गायक पदम राईको २०८१ बैशाख १ गते पाँच्थर याङ्नाममा आयोजना हुने शुभकामना आदान प्रदान कार्यक्रममा आफ्नो धमकेदार प्रस्तुति दिने भएका छन् ।

उनले २०२४ अप्रिल २१ मा किराँत राई यायोक्खा शाखा युएईद्वारा आयोजित ‘येलेदोङ ५०८४ बृहत साँस्कृतिक कार्यक्रम’मा अतिथि कलाकारको रुपमा उपस्थिति जनाउने भएका छन् ।

अन्य स्थानीय कलाकारहरुको साथमा गायक राईले के गुलियो छ र सखर चिनी, पछि पछि लागेर, जागिर खान्छु सरकारी अड्डामा, बाटो घुमाउरो लगायत दर्जन चर्चित गीत प्रस्तुत गर्ने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *