परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिने भ्रमणका लागि आइतबार चीन जाँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार ९ दिने औपचारिक भ्रमणका लागि चीन जाने भएका छन्।

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री श्रेष्ठ चीन जान लागेका हुन्।

भ्रमणका क्रममा मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्र मन्त्री श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नेछन्। उनी चैत १९ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *