सुन तस्करी प्रकरण: छोराको जिम्मामा छुटे पूर्वसभामुख महरा

No ads found for this position
No ads found for this position

काठमाडौं- सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् ।

महरालाई उनका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए  ।

सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टोलीले पूर्व सभामुख महराको शुक्रबार बयान सकिएपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।

यसअघि शुक्रबार नै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिएका थिए ।

महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो ।

सुनको अवैध तस्करी एवम् नियन्त्रण सम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । – रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *