प्रधानमन्त्री प्रचण्डले जालसाजी कुरा गरे: डा. भट्टराई

No ads found for this position
No ads found for this position

काठमाडौं- डा. बाबुराम भट्टराईले केही मान्छे पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकताको प्रचार गरेर प्रधानमन्त्री प्रचण्डले जालसाजी गरेको टिप्पणी गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका भट्टराईले अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षतर्फ लक्षित गर्दै उनले वार्ता समितिको संयोजक आफैँ भएको अवस्थामा आफूहरूलाई थाहै नदिई पार्टी एकताको नाम दिएको उनले बताए ।

अर्का अध्यक्ष महिन्द्ररायलगायत नेता छुट्टिएको विषयलाई आफूहरूले ठूलो कुरा नमानेको उनको जिकिर छ ।

भट्टराईले भने, ‘आन्दोलनको क्रममा थकाइ लागेर चौतारीमा बसौं छिमेकीको घरमा मीठो खाना खाउँ भनेर हिँड्नुभो । यो राजनीति यात्राको क्रममा चल्छ ठूलो कुरा मान्नु हुँदैन । देशको प्रधानमन्त्री पार्टीको अध्यक्ष हुनुहुन्छ । केही मान्छेले पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकता भयो त्यो आश्चर्य चकित छु । म आफैँ अध्यक्ष भएको रेकर्ड निर्वाचन आयोगमा छ । वार्ता समितिको संयोजक आफैँ छु । जालसाजीपूर्ण काम गरियो ।’

पुरानो राजनीतिक शक्तिबाट अग्रगामी निकास हुन नसक्ने भन्दै भट्टराईले कुनै मुद्दामा सहकार्य हुन सक्ने तर आफूहरू नयाँ अभियानमा होमिइसकेकाले माओवादीमा मिसिन नसकिने प्रष्ट्याए ।

भट्टराईले प्रत्यक्ष राष्ट्रपति र मुख्यमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गरे । आफू सत्तामा भएका बेला अर्कालाई आरोप गरेर भ्रष्टाचारको ढाकछोप गर्ने काम भइरहेको उनको दाबी छ ।

‘एकअर्कालाई भ्रष्टाचारको आरोप लगाउने चोचोमोचो मिलाउनेले सुशासन हुन्न । अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरेर सबैमाथि छानबिन गर्नुपर्छ । आवश्यक पर्दा सबैलाई कारबाही गर्नुपर्छ’, उनले थपे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *