प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्दै छ। आजको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम हुँने संसद सचिवालयले जनाएको छ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदहरुले नव नियुक्त गृहमन्त्री रवि लामिछानेको विषयमा विभिन्न प्रश्न गर्दै यसमा प्रधानमन्त्रीको जबाफ माग गरेका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *