कथाकार परशु प्रधानको निधन

No ads found for this position
No ads found for this position

काठमाडौं- कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ ।

उनको हिजो राति आफ्नै निवासमा निधन भएको हो ।

स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् । उनको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए । उनका ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *