भ्रष्टाचारको बोझ घण्टीले बोक्दैछ, राप्रपामा गएर मिश्रले ठुला कुरा गर्न मिल्दैन: अध्यक्ष गुरुङ

No ads found for this position
No ads found for this position

रामेछाप- नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दलको गौरवमय इतिहास भएको र यसले राणा शासन विरुद्ध सङ्घर्ष गरी त्यसको अन्य गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

शुक्रवार नेपाल तरुण दल रामेछापको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्रै गुरुङले नेपालको रक्षा र महिलाहरूको अधिकारको लागि गाउँ-गाउँमा पुगेर तरुण दलले राजनीतिक चेतना र कांग्रेसको विचार जनतामा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

अध्यक्ष गुरुङले नेपालमा भएको ससस्त्र युद्धको नाममा माओवादीले हतियार उठाइ पहिलो आक्रमण तरुण दललाई गरेको स्मरण गरे । उनले भने, ‘जनयुद्धमा हाम्रा धेरै साथीहरूको ज्यान गुमेको थियो । रामेछापको यस मञ्चबाट ती सबै सहिदहरुप्रति म सलाम गर्न चाहन्छु ।’

यस्तै उनले तरुण दल जहिले पनि नेपालको विप्पतमा अग्र स्थानमा गएर काम गर्ने बताए । उनले भने, ‘हिजो हामी सामन्तीको विरुद्धमा संघर्समा थियौँ । अहिले हामी रोजगार, कृषि र आर्थिक संघर्समा छौं । नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भनी अहिले तरुण दल संघर्समा छ ।’

कार्यक्रममा उनले गठबन्धन टुटेको र त्यो गठबन्धन कांग्रेसले चाहेर बनाएको नभएको बताए । उनले गठबन्धन टुटेर कांग्रेसलाई कुनै असर नपर्ने बताए ।

देशमा दुई-दुई वर्षमा नयाँ पार्टीहरू आउने गर्छन् । उनीहरूले टुल-ठुला कुरा गर्ने गर्छन् तर र तीन वर्षमा पत्ता साफ भएर जान्छन् । अध्यक्ष गुरुङले भने, ‘निर्वाचनमा हामीले भनेका थियौँ । धेरै घण्टी (राष्ट्रिय स्वातन्त्र पार्टी)को विश्वास नगर्नुस्। अहिले राप्रपामा गएका रवीन्द्र मिश्र नेपालको लोकतन्त्रको विषयमा हामी भन्दा धेरै ठुला कुरा गर्नुहुन्छ । तर आज राजा आऊ देश बचाउ भन्ने पार्टीमा हुनुहुन्छ बाहाँहरू ।’

गुरुङले अहिले घण्टीले कांग्रेस विरुद्ध भ्रम छर्दै गएको बताए । उनले यो दुई वर्ष भित्र कम्युनिष्टहरुका विभिन्न भ्रष्टाचारका बोझ यही घण्टीले भोग्ने र यस्ता पार्टीलाई नेपाली जनता र इतिहासले माफ नदिने बताए ।

यस्तै उनले हिजो रामेछापमा भएको आगालागि बाट भएको क्षतिमा तरुण दलका कार्यकर्ताहरूलाई सहयोगमा जुट्न आग्रह गरे । कार्यक्रममा जिल्लाका हजारौं तरुण तथा शुभचिन्तकहरू उपस्थित  थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *