‘द नेशनल डिजाईनर रनवे २०२४’ को उपाधि अस्मिता श्रेष्ठलाई

No ads found for this position
No ads found for this position

काठमाडौं -राज्य मिडिया नेटवर्कद्वारा आयोजित चौथो संस्करणको ‘द नेशनल डिजाईनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठले जितेकी छन् । सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टमा बुधबार राती सम्पन्न प्रतिष्पर्धामा १४ डिजाइनरहरुको सहभागिता थियो ।

उत्कृष्ट डिजाइनर ड्रेससँगै उत्कृष्ट मोडलहरुको महाकुम्भ भनेर चिनिने प्रतियोगितामा मिराज हुसेन ‘फस्ट रनर अप’ र सुस्मिता घिसिङ ‘सेकेण्ड रनर अप’ भए ।

प्रतिभाशाली तथा उदीयमान डिजाइनरहरुको रचनात्मकता र अद्वितीय शिल्प कौशल मिश्रित पहिरनमा मोडलहरुले ¥यापमा आफूलाई प्रस्तुत गरेका थिए ।

रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा रेजिना तुलाधर, धिरज तण्डुकार र अंकित मैतेय निर्णायक थिए । प्रतियोगिता स्वस्ती दंगालको निर्देशन र परमानन्द चौधरीको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाले डिजाइनरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र नेपाली फेशन उद्योगभित्र सजिलै स्थापित हुन प्लेटफर्मको रूपमा सेवा प्रदान गरेको बताए ।

नेटवर्कका सिइओ डेभिल सिंह राजपुतले उत्कृष्ट मोडलहरुको उत्साहजनक उपस्थितिमा नेपालमै पहिलो पटक बिचमा रनवे आयोजना गरेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *