साल्ट ट्रेडिङले डाक्यो साधारण सभा, १५ प्रतिशत बोनश सेयर जारी गर्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ५७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभा यही चैत्र २३ गते शुक्रवार त्रिभुवन आर्मी क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुने साल्ट ट्रेडिङ कर्पोरेशनका सचिवले बिहिबार एक सूचना मार्फत जनाकारी गराएका छन्।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुने चार करोड १८ लाख ३२ हजार ६४६ रुपियाँ बराबरको बोनस शेयर जारी गर्ने र ०.७९ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत्र ९ गतेदेखि बुक क्लोज गर्नेछ । जसअनुसार चैत ८ सम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

५७ औं वार्षिक साधारण सभा बारे साल्ट ट्रेडिङले जारी गरेको सूचना यस्तो छ:

सेयर धनी महानुभावहरू,

यस कर्पोरेशनको सञ्चालक समितिको मिति २०८० साल फाल्गुण ३० गते वुधवार बसेको १०५४ औं बैठकको निर्णयानुसार कर्पोरेशनको ५७ औं वार्षिक साधारण सभा निम्न स्थान, समय र मितिमा निम्न बिषय उपर छलफल गर्न बस्ने भएको हुँदा सम्पूर्ण सेयर धनी महानुभावहरुको जानकारी तथा उपस्थितीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

साधारण सभा हुने मिति, समय र स्थानः

मिति : २०८० साल चैत्र २३ गते शुक्रवार (तदनुसार ५ अप्रिल २०२४)
समय : दिनको ११:०० बजे ।
स्थान : त्रिभूवन आर्मी अफिसर्स क्लव भद्रकालि काठमाडौं ।

छलफलको विषय सूची:

क. सामान्य प्रस्ताव
१. ५७ औं वार्षिक साधारणसभाका लागि आर्थिक बर्ष २०७९ / २०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. आर्थिक वर्ष २०७९ / २०८० को लेखापरिक्षकको प्रतिवेदन सहित सोही आ.व. को वासलात, नाफा / नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।

३. लेखापरिक्षण समितिको सिफारीश अनुसार आर्थिक वर्ष २०८०/२०८१ को वित्तिय विवरण लेखापरिक्षण गर्न लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने। (हालको लेखापरिक्षक श्री एन अमात्य एण्ड कम्पनी चार्टर्ड एकाण्टेण्टस्) पुन: नियुक्तीको लागि योग्य हुनुहुन्न)

४. सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूंजीको ०.७९ ( शुन्य दशमलव सात नौं) प्रतिशतका दरले नगद लाभांश वापत रु २२,००,३९७/- (वोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ समेत) वितरण गर्न स्वीकृत गर्ने । 

ख. बिशेष प्रस्ताव

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर्पोरेशनको हालको चुक्ता पूंजीको १५ प्रतिशतले हुने रकम रु ४,१८,३२,६४६/- वरावरको वोनश शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने ।

२. कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ख) बमोजिम ऋण सुविधा लिने स्वीकृत उपर छलफल गरि पारित गर्ने ।

ग. विविध

पुनश्च:

१. ५७ औं बार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८०/१२/०९ देखि २०८०/१२/२३ गतेसम्म कर्पोरेशनको सेयर धनी दर्ता किताब बन्द रहनेछ । साथै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८०/१२/०८ गतेसम्म कारोवार भई सातकार्य दिन भित्र कर्पोरेशनको शेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौमा प्राप्त शेयर नामसारी लिखतको आधारमा सेयर धनी दर्ता किताबमा कायम शेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन, छलफल गर्न, प्रतिनिधि नियुक्त गर्न पाउने छन् । 

२. साधारणसभामा भाग लिन शेयर अभौतिकीकरण गराई सक्नु भएका सेयर धनी महानुभावहरुको हकमा D-MAT खाता नम्वर र नाम तथा शेयर अभौतिकिकरण नगर्नु भएका शेयरधनीहरुले सेयर धनी नं र नाम उल्लेख गरी सभामा सहभागिता जनाउनु सक्नु हुनेछ । सभा शुरु हुनु भन्दा एक घण्टा अगावै सभाकक्षमा हाजिरी पुस्तिका खुल्ला रहनेछ ।

३. सभामा भाग लिन प्रतिनिधि नियुक्त गर्न चाहने सेयर धनी महानुभावले कर्पोरेशनको अर्को शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सक्नु हुनेछ र सो सम्बन्धी प्रोक्सी फारम सभा शुरु हुनु भन्दा ४८ घण्टा अगावै कर्पोरेशनको केन्द्रीय कार्यालय, काठमाण्डौमा बुझाई सक्नु पर्नेछ । प्रोक्सी फारम यस कर्पोरेशनको Website बाट Download गर्न सकिनेछ ।

४. थप जानकारीको लागि यस कर्पोरेशनको केन्द्रीय कार्यालय काठमाण्डौमा सम्पर्क राख्न सक्नु हुनेछ ।

द्रष्टव्य

सभा बस्ने सूचना तथा वार्षिक प्रतिवेदन सम्बन्धित सेयर धनी महानुभावहरुको जानकारीको लागि कर्पोरेशनको Website: www.stcnepal.com मा राखिएको हुँदा कथमकदाचित उक्त सूचना नपुगेको भए यसैलाई सूचना मानी साधारण सभामा उपस्थित हुन सबै सेयर धनी महानुभावहरुलाई अनुरोध गर्दछौ ।

आज्ञाले
कम्पनी सचिव



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *