प्रतिनिधिसभा बैठक बस्दै, निजामति बिधेयक प्रस्तुत हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रतिनिधिसभाको बैठक बस्दैँछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११:०० बजे बोलाइएको छ ।

संसद सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथी राख्ने बिरोधको सुचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यसपछि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ प्रस्तुत गर्नेछन ।

मन्त्री जोशीले नै ‘निर्माणमुखी सामाग्री (ब्यवस्थापन तथा नियमन) बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।

साथै, आ.व. २०८१/२०८२ को लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल प्रारम्भ गरिने महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिएका छन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *