प्रधानमन्त्री प्रचण्डले पाए १ सय ५७ सांसदको विश्वास मत

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा जम्मा २ सय ६८ सांसदले भोट हालेकामा दाहालले १ सय ५७ जना सांसदको विश्वास पाए ।

दाहालको विपक्षमा १ सय १० मत परेको छ । एकजना तठस्थ बसेका छन् । विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १ सय ३८ मत पाउनुपर्थ्यो । उनलाई एमाले, रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएकाले सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गरे ।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिएका हुन् ।

माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *