प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै (लाइभ)

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूचीसाथ बैठक बसिरहेको छ ।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिन लागेका हुन् ।

माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका छन् ।

विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १ सय ३८ मत पाउनुपर्छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको साथ छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *