कलेज बसको ठक्करबाट ७२ वर्षीय बृद्धको मृत्यु

No ads found for this position
No ads found for this position

मोरङ- रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ। र‌ंगेली ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्।

बिराटनगरको मेरिल्याण्ड कलेजको को १ क १५२९ नं.को बसले साइकलमा सवार भट्टराईलाई ठक्कर दिएको थियो।

दुर्घटना परि बिराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका भट्टराईको गएराति ४ बजे निधन भएको हो।

बसका चालक रतुवामाई ५ सिजुवा बस्ने ४५ वर्षीय सुर्य बहादुर ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *