राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

No ads found for this position
No ads found for this position

काठमाडौं-राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डका भाइ हुन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

उक्त प्रस्तावलाई मतविभाजनमार्फत् निर्णयार्थ प्रस्तुत गरिएको थियो ।  मतविभाजनको परिणामअनुसार बैठकमा उपस्थित सांसदको संख्या ५६ रहेकोमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्दा विपक्षमा १७ मत परेको हो ।

को हुन् राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित नारायण दाहाल ?
संक्षिप्त चिनारी

नाम: नारायण प्रसाद दाहाल

जन्म मिति: २०१२ फागुन १२

जन्म स्थान: ढिकुरपोखरी, लेवाडे, कास्की

स्थायी ठेगाना: भरतपुर महानगरपालिका- १४, चितवन

(२०१९ सालमा कास्कीबाट बसाइँ सरेर चितवन)

माता:  स्व. देउरुपा दाहाल

पिता:  स्व. कुलप्रसाद दाहाल

पत्नी: दुर्गादेवी दाहाल

छोरी १, छोरा २, नातिनातिनी ६

शिक्षा

  • २०३६ सालमा स्नातक, शिक्षाशास्त्र संकाय, सानोठिमी क्याम्पस, भक्तपुर
  • २०३३ सालमा प्रमाणपत्र तह, बीरेन्द्र क्याम्पस, भरतपुर, चितवन
  • २०३० सालमा एसएलसी, नारायणी विद्यामन्दिर, शिवनगर चितवन

राजनीतिक जिम्मेवारी

  • वि.सं. २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश।
  • वि.सं. २०३१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त (पुष्पलाल समूह)। बीरेन्द्र क्याम्पस, चितवनमा पार्टी कमिटीमा आबद्ध।
  • २०३६ सालदेखि पूर्णकालीन (तत्कालीन चौथो महाधिवेशन)
  • २०३७ सालदेखि पार्टीको जिम्मेवारी लिएर प्रवासमा। अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य, सहसचिव हुँदै कोषाध्यक्ष। पार्टीको गोरखपुर जिल्ला कमिटी सेक्रेटरी।
  • २०४२ सालमा अखिल भारत नेपाली एकता समाजको महासचिव।
  • २०४५ सालमा अखिल भारत नेपाली एकता समाजको अध्यक्ष।
  • २०५१ सालमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को नेपालको तर्फबाट दक्षिण एसिया सदस्य।
  • २०५३ सालमा अखिल भारत नेपाली एकता समाजको पुनः केन्द्रीय अध्यक्ष।
  • २०५७ सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य।
  • २०६० सालमा नेकपा (माओवादी) भेरी कर्णाली व्यूरोअन्तर्गत जाजरकोट, सुर्खेत र डोल्पा इन्चार्ज।
  • २०६३ असारमा नेकपा (माओवादी) कास्की जिल्ला इन्चार्ज।
  • २०६४ पछि विभिन्न समयमा पार्टीका तत्कालीन नेवा तथा ताम्सालिङ राज्य समितिको सचिव र सह-इन्चार्ज।
  • २०७४ असारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा बागमती प्रदेशको अध्यक्ष।
  • २०७७ सालमा नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश अध्यक्ष।
  • २०७८ मंसिरमा सम्पन्न नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट स्थायी समिति सदस्य तथा बागमती प्रदेशको सह-इन्चार्ज।

संसदीय यात्रा

  • २०६३ – अन्तरिम व्यवस्थापिकासंसद सदस्य
  • २०६४-२०६९ संविधान सभा सदस्य। चितवन क्षेत्र नं. ३ बाट निर्वाचित
  • २०७८ चैत २५ गते राष्ट्रिय सभा सदस्य (राष्ट्रपतिबाट मनोनित)
  • २०८० फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *