प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाद्वारा ह्विप जारी

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो। रास्वपाका २१ सांसद रहेका छन्।

विश्वासको मतबारे निर्णय गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको थियो।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन भत्काएर एमाले सहितको नयाँ गठबन्धन बनाएपछि उक्त गठबन्धनमा रास्वपा पनि सामेल भएको छ। नयाँ गठबन्धनबाट बनेको मन्त्रिपरिषद्‌मा रास्वपाले चार मन्त्रालयका साथ सरकारमा सहभागी छ।

रास्वपाका तर्फबाट पार्टी अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारीमा छन्। उपसभापति डोलप्रसाल अर्याल (डिपी) श्रम, उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री छिन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *