जसपाले मन्त्री चयन गर्ने अधिकार उपेन्द्र यादवलाई दियो

No ads found for this position
No ads found for this position

काठमाडौं –जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने मन्त्रीको चयन गर्ने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा कार्यकारीणी बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्रीको चयन गर्ने अधिकार पार्टी अध्यक्ष दिएको प्रवक्ता मनिष सुमनले बताए।उनले नयाँ गठबन्धनको हस्ताक्षरकर्ता जसपा भएकाले गठबन्धनलाई पूर्ण रुपमा सहयोग र समर्थन रहने धारणा राखे। मधेश प्रदेश सरकारको सरक्षाको ग्यारेन्टी भएकाले सरकारमा मन्त्रीहरुको नाम पठाउने निर्णय भएको उनको भनाइ छ । प्रधानमन्त्रीसँग सल्लाह गरेर अध्यक्षले मन्त्रीको नाम पठाउने प्रवक्ता सुमनले जानकारी दिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *