कलाकार मुन्द्रे,साहित्यकार रसिक र शैक्षिक अभियन्ता जमुनालाई जुगल सम्मान

No ads found for this position
No ads found for this position

सिन्धुपाल्चोक- कलाकार जितु नेपाल सहित तीन जना सम्मानित भएका छन् । नेपाल सहित साहित्यकार डम्बर रसिक भारती र समाजसेवी तथा शैक्षिक अभियन्ता जमुना दंगाल घोरासैनी जुगल बोर्डिङ स्कुलको ३४ औं वार्षिकोत्सवको अवसरमा सम्मानित भएका हुन् । विद्यालयले उनीहरूलाई समाज विकासमा आआफ्नो विषयगत क्षेत्रबाट महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरेको हो ।

नेपाल जुगल कला सम्मान, रसिक जुगल साहित्य सम्मान र जमुना जुगल शिक्षा तथा समाजसेवी सम्मानबाट सम्मानित भएको सम्मान समितिका संयोजक किशोर बुढाथोकीले जानकारी दिए । उनीहरूलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले सम्मानपत्र प्रदान गरे ।

नेपाली कला क्षेत्रमा मुन्द्रेको नामले कलाकार नेपाल लामो समयदेखि विभिन्न हास्य टेलिशृंखला, चलचित्र, कमेडी सोमार्फत आफ्नो प्रतिभा प्रस्फुटन गरिरहेका छन् । त्यस्तै साहित्यकार रसिक साहित्यिक पत्रकारितालगायत सिन्धुपाल्चोकको साहित्यलाई उचाईंमा पुर्याउन विभिन्न अभियान र कार्यक्रमहरूमा क्रियाशील छन् ।

जुगल शिक्षा सम्मानबाट सम्मानित हुने ७६ वर्षिया जमुना दंगाल आफूले कहिल्यै बिद्यालय नटेकेपनि शिक्षा विकासका लागि सामाजिक सुरक्षा कोषबाट आएको रकमबाट कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेकी थिईन् । उनले आफ्नो भत्ताबाट शैक्षिक विकासका लागि ज्ञानमन्दिर नमुना माविका लागि साढे तीन लाख रूपैयाको कोष स्थापना गरेकीले सम्मान गरिएको हो ।

बिद्यालयले आफ्नो वार्षिकोत्सबको अवसरको समाज विकासमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्दै आईरहेको छ । उहाँहरूको योगदानको कदर तथा हौसला प्रदान गर्न सम्मान गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक ओमप्रकाश उप्रेतीले जानकारी दिए । यस्तो सम्मानलाई निरन्तरता दिने उनको भनाई छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *