एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।

हिजो देखी सुरू भएको केन्द्रिय समितिको सातौं बैठकमा ६ वटा अजेन्डामाथी छलफल जारी राखिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले उदघाटन मन्तब्य दिएको सो केन्द्रिय समिति बैठकमा समसामयिक राजनीतिक अवस्थाको बारेमा सम्बोधन गरेका हुन् ।

यसैगरी जारी बैठकमा सांगठनिक कामको समीक्षा, शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय, जनपरिचालनसहित समसमायिक राजनीतिक प्रस्तावबारे छलफल हुदैँछ ।

गत फागुन ३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरे अनुसार हिजोबाट केन्द्रिय समिति बैठक सुरू भएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *