कालो चस्मा लगाएको `हाम्रो सरकार´

No ads found for this position
No ads found for this position

हाम्रो सरकार हवाई जहाज चढ्छ
जनता हिँड्ने बाटो घाटो देख्दैन।

हाम्रो सरकार विदेशमा उपचार गराउँछ
तर गाउँमा जनताले गुणस्तर उपचार पाउँदैन।

सरकारका बच्चा विदेश पढ्छन्
तर उ हाम्रो क्याम्पस र विद्यालयको हालत सोध्दैन।

हाम्रो सरकार टाई सुटमा सजिएको छ
तर नेपाली आमाको च्यातिएको चोलो देख्दैन।

हाम्रो सरकारले आँखामा कालो चस्मा लगाएको छ
किन कि उ लिलाम हुन लागेको इज्जत देख्दैन।

भाषण सुन्दा हाम्रो सरकार ठुलै राष्ट्रवादी
तर कुन कुना कहाँ बेच्यो पत्तो हुँदैन।

नेपाली आमाको च्यातिएको चोलो देख्दैन
उ लिलाम हुन लागेको इज्जत देख्दैन ।

– शाह चुरे क्याम्पस बर्दियाका स्ववियु सभापति हुन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *